Logo २७ असार २०८३, शनिबार | Sat Jul 11 2026


कम्युनिष्ट सरकार लामो समय नटिक्ने कांग्रेस सभापति देउवाको दावी


0
Shares

भैरहवा । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले संबिधानको मर्म र भावना विपरित काम गर्दै हिडेकाले कम्युनिष्ट नेतृत्वको सरकार लामो समय नटिक्ने बताएका छन् ।

नेपाल प्रेस युनियन रुपन्देहीले आज भैरहवा विमानस्थलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सभापति देउवाले सरकारले ल्याएको मिडिया काउन्सील बिधेयक, स्वतन्त्र न्यायलयमाथिको हस्तक्षेप तथा मानव अधिकार माथिको माथिको हस्तक्षेप संबिधानको मर्म र भावना बिपरित रहेको बताए ।

सभापति देउवाले बर्तमान सरकार पछिल्लो समय तानाशाह शैलीमा अगाडि बढेको बताउँदै नेपालमा तानाशाह सम्भव नभएकोे जिकिर गरे ।

सरकारले ल्याएको मिडिया काउन्सील बिधेयक, स्वतन्त्र न्यायलय माथिको हस्तक्षेप तानाशाहि प्रबृति भएको टिप्पणी गर्दै सभापति देउवाले सरकारले प्रेस र न्यायलयलाई स्वतन्त्र नछोडे राणा, पञ्चायत र राजा जस्तै सदाका लागि कम्युनिष्टहरुलाई पनि हटाउने चेतावनी दिए ।

पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले ह्वाईट बढी जहाज, बुडि गण्डकी जलबिद्युत आयोजना, बालुवाटार प्रकरणमा सरकारले चरम भ्रष्टचार गरेको उल्लेख गरेको बताए । उनले सरकारका गलत कामको भण्डाफोरका लागि काग्रेसले सडक आन्दोलन समेत गर्ने बताए ।