लमजुङ । लमजुङमा कोरोना संक्रमित निको हुने दर बढेको छ । ६४ जनामा कोरोना संक्रमण देखिएकोमा ४४ जना निको भएर घर फर्किएका छन् ।
जिल्ला प्रशासन कार्यालय लमजुङ्ले ७ महिला र ३७ पुरुष गरी ४४ जना संक्रमित निको भएर घर फर्कीएको जनाएको छ । संक्रमित २० पुरुषको आइसुलेसनमा उपचार भैरहेको छ ।
पिसिआर परिक्षण गरिएका ७६ जना र पुनपरिक्षणका लागि पठाइएका १८ जनाको रिपोर्ट आउन बाँकी रहेको प्रशासनले जनाएको छ ।
त्यस्तै यता सुनसरीको धरान स्थित वीपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठानमा भर्ना भएका १५ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।
कोरोना जितेर घर फर्किनेमा ९ पुरुष र ६ महिला रहेको बीपी प्रतिष्ठानका प्रबक्ता डाक्टर निधेश सापकोटाले बताउनुभयो ।
प्रतिष्ठानमा कोराना पोजेटिभ देखिएर भर्ना भएका प्रदेश १ को झापाका १२, सुनसरी र खोटाङ तथा प्रदेश २ को महोत्तोरी जिल्लाका एक एक जना विरामी निको भएर घर पर्किएको डाक्टर सापकोटाले जानकारी दिनुभएको छ ।
पीपी प्रतिष्ठानमा भर्ना भएका मध्य हालसम्म २ सय ५४ जना विरामीहरु कोराना जितेर डिस्चार्ज भएका छन् ।
प्रतिक्रिया दिनुहोस्