जिउँदो अजिंगर समातेर संरक्षण गर्ने युवालाई कांग्रेस नेता खड्काले गरे सम्मान • Image Khabar Image Khabar


जिउँदो अजिंगर समातेर संरक्षण गर्ने युवालाई कांग्रेस नेता खड्काले गरे सम्मान


Imagekhabar
३१ असार २०७७, बुधबार ०९:३८

जिउँदो अजिंगर समातेर संरक्षण गर्ने युवालाई कांग्रेस नेता खड्काले गरे सम्मान

काठमाडौं । जिउँदो अजिंगर समातेर खोरमा लैजाने सुर्योदय नगरपालिका–५ निवासी साहसी युवा मनिष थापालाई नेपाली काँग्रेसका युवा नेता डम्बर खडकाले सम्मान गरेका छन ।

केहि दिनअघि सुर्योदय नगरपालिका ४ स्थित स्थानीयको निजी जंगलमा चरनमा गएको १६ केजीको बाख्रा खाएर सुतिरहेको अवस्थामा करीब ४० केजीको उक्त अजिंगरलाइ स्थानीय अनिल लाप्चाले साथीहरुको सहयोगमा अन्तुडाँडाको सार्वजानिक शौचालयमा संरक्षण गरेर राखेका थिए ।

त्यसको केहि दिनपछि वडा कार्यलयको अगुवाइमा उक्त जीवलाइ राख्न खोर निर्माण गरिएको थियो ।

शौचालयमा भएको अजिंगरलार्इ दिर्घकालिन रुपमा संरक्षण गरी राख्न निर्माण गरिएको खोरसम्म लैजाने हिम्मत गर्ने साहसी युवा मनिष थापालाइ नेता खडकाले गाउँमै पुगेर रु ५१०० नगद सहित सम्मान गरेका हुन ।

स्थानीय बासिन्दाहरुको उपस्थितीमा उनलाइ सम्मान गर्दै उनले गाँउघरमा लुकेर बसेका प्रतिभासाली युवालाई सम्मान गर्न पाउँदा आफूलाई गौरव लागेको बताए ।

उनले भने, ‘हामी सबै मिलेर यस्ता प्रतिभाको सम्मान गर्नसके युवाशक्ति बिदेश पलायन हुँदैनन् ।’ सम्मानित थापाले आफुलाइ थप यस्ताखाले काम गर्ने हौसला मिलेको बताए ।

जिउँदो अजिंगर समातेर संरक्षण गर्ने युवालाई कांग्रेस नेता खड्काले गरे सम्मान

प्रतिक्रिया दिनुहोस्