रामको जन्मस्थानबारे प्रधानमन्त्रीले दिएको अभिव्यक्तिप्रति पर्सावासी खुशी (भिडियो) • Image Khabar Image Khabar


रामको जन्मस्थानबारे प्रधानमन्त्रीले दिएको अभिव्यक्तिप्रति पर्सावासी खुशी (भिडियो)


Imagekhabar
३१ असार २०७७, बुधबार ०९:१४

रामको जन्मस्थानबारे प्रधानमन्त्रीले दिएको अभिव्यक्तिप्रति पर्सावासी खुशी (भिडियो)

पर्सा । रामको जन्मस्थलको बारेका प्रधानमन्त्रीे केपी शर्मा ओलीले दिएको अभिव्यक्तिलाई पर्साका ठोरीवासीले स्वागत गरेका छन् ।

भानुजयन्तीको अवसरमा प्रधानमन्त्री ओलीले मर्यादा पुरुषोत्तम रामको जन्म पर्साको ठोरीमा भएको बताएपछि ठोरीबासी खुसी भएका हुन् ।

उनीहरुले रामको जन्म ठोरीमा भएको सरकारलाई जानकारी हुँदासमेत यो ठाउँ ओझेलमा परेको गुनासो गरेका छन् ।

उनीहरुले राज्य स्तरबाट ओझेलमा परेको ऐतिहासिक एवं धाार्मिक पर्यटकीयस्थल ठोरी अन्तराष्ट्रियस्तरमा प्रचार भएको भन्दै यसको धार्मिक तथा पर्यटकीय विकासको लागि सरकारको ध्यानकर्षण गराउने भएका छन् ।

ठोरी गाउँपालिकाका वडा नम्वर १ का वडा अध्यक्ष रामप्रकाश कुँवरले ओझेलमा परेको धार्मिकस्थल ठोरीलाई सरकारले सहयोग गर्ने बिश्वास ब्यक्त गर्नुभयो ।

ठोरी छोटी भन्सारभन्दा दक्षिणमा सीता गुफासंगै मन्दिर रहेको छ ।

भिडियो हेर्नुहोस

प्रतिक्रिया दिनुहोस्