Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


युएफा च्याम्पियन्स लिगको उपाधि लिभरपुलले जित्यो


0
Shares

काठमाडौं । टोटनह्याम हट्सपरलाई हराउँदै लिभरपुलले यो वर्षको युएफा च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ ।

गएराति स्पेनको मड्रिडमा भएको फाइनलमा लिभरपुल २–० ले विजयी भयो । लिभरपुलका लागि मोहमद सलाह र डिभोक ओरिगीले एक–एक गोल गरे ।

खेलको पहिलो मिनेटमै सलाहको पेनाल्टी गोलमा लिभरपुलले अग्रता बनाएको थियो । ८७ औं मिनेटमा ओरीगीले एक गोल थप्दै लिभरपुलको जित पक्का गरे ।

गएरातिको जितसँगै लिभरपुल छैटौं पटक च्याम्पियन्स लिगको उपाधि जित्न सफल भएको छ ।

साथै उसले अघिल्लो सिजनको फाइनलमा रियाल मड्रिडसँग भोगेको हारको पीडा पनि भुलाएको छ ।

उता पहिलो पटक फाइनलमा पुगेको टोटनह्यामका लागि भने गएरातिको खेल अनुभवमा मात्रै सिमित बन्यो ।