
काठमाडौं । गीतकार कमला न्यौपानेको गीति एल्बम तरंग (द वेभ) अमेरिकाका लागि नेपाली राजदुत डा.अर्जुन कार्कीको हातबाट बिमोचन गरिएको छ ।
डा. प्रकाश न्यौपानेको सभापतित्वमा आयोजित कार्यक्रम जुम मिटिङमार्फत गरिएको थियो ।
सो अवसरमा बोल्दै गीतकार न्यौपानेले तरंग एल्वम मानिसका जीवनमा आइपर्ने सुख दुःख, आरोह अवरोह, हाँसो, रोदन ,सुख, दुःख, मिलन, बिछोड, प्रेम, त्यागको संगम भएको वताइन् ।
नेपाली गीत संगीत क्षेत्रमा उदाउंदै गरेकी गीतकार कमला न्यौपाने लामो समयदेखि अमेरिकामा बस्दै आएकी गीतकार न्यौपाने पेशाले नर्स हुन् ।
उनले नेपाली साहित्यतर्फ गीत, कबिता, मुक्तक र गजलको क्षेत्रमा कलम चलाउँदै आएकी छिन् ।
सो अवसरमा डा. केशव भट्टराई, लेखिका निलम कार्की निहारिका, बरिष्ठ संगीतकार आलोकश्री, संगीतकार अम्बर तुम्बापो सुब्बा, रीमा श्रेष्ठ र कुशल गुरुङले गीति एल्बम राम्रो बनेको प्रतिक्रिया दिंदै शुभकामना व्यक्त गरेका थिए ।
गीतकार तथा संगीतकार येदीन गजमेरले एकल संगीत रहेको एल्बममा रामकृष्ण ढकाल (मेरो झण्डा), स्वरूपराज आचार्य (धुवाँ धुवाँ) , मेलिना राई र अनुप रेग्मी (होली रंग), बानीका प्रधान (सुनौलो बिहानी) कर्ण बीर (रिमा रिमा), अनुप रेग्मी र मिलन नेवार (एक कदम) मा स्वर रहेको छ ।
प्रतिक्रिया दिनुहोस्