Logo २७ असार २०८३, शनिबार | Sat Jul 11 2026


सरकार हरेक क्षेत्रमा असफलः नेता सिंह


0
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकार हरेक क्षेत्रमा असफल भएको दाबी गरेका छन् ।

नेपाली कांग्रेस रौतहट–काठमाडौं समाजले आज काठमाडौंमा गरेको कार्यक्रममा नेता सिंहले वर्तमान सरकारबाट जनता निराश भएको बताए ।

जनचाहना अनुसारका काम सरकारले गर्न नसकेको भन्दै उहाँले सरकार भ्रष्टाचारमुखी भएको आरोप लगाए ।

गलत कार्यशैलीका कारण वर्तमान सरकार पाँच बर्ष नटिक्ने उनको भनाइ थियो ।

कार्यक्रममा सहभागी अन्य नेताहरुले भने कांग्रेसलाई कुनै पनि शक्तिले परास्त गर्न नसक्ने भन्दै जागरण अभियानमार्फत् पार्टीलाई एकताबद्ध बनाउनुपर्नेमा जोड दिएका थिए ।