पछिल्लो २४ घण्टामा विश्वभर कोरोना संक्रमितको संख्या २ लाख ३० हजार नाघ्यो • Image Khabar Image Khabar


पछिल्लो २४ घण्टामा विश्वभर कोरोना संक्रमितको संख्या २ लाख ३० हजार नाघ्यो


Imagekhabar
२९ असार २०७७, सोमबार १४:४९

पछिल्लो २४ घण्टामा विश्वभर कोरोना संक्रमितको संख्या २ लाख ३० हजार नाघ्यो

काठमाडौं, असार २९ । विश्व स्वास्थ्य संगठन डब्लु.एच.ओका अनुसार विश्वभर पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या २ लाख ३० हजार नाघेको छ जुन हालसम्मकै सबैभन्दा उच्च हो ।

कोरोना प्रभावित देशहरुमा अमेरिका पहिल्लो नम्बरमा रहेको छ ।

अमेरिकामा पछिल्लो २४ घण्टामा ६६ हजार बढी कोरोना संक्रमित भेटिएका छन् ।

बिगत ३ दिनमा बिश्वभर कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दै गएको भन्दै विश्व स्वास्थ्य संगठनले बिश्व जगतको ध्यान केन्द्रित गरेको छ ।

हाल विश्वमा कोरोनाका कारण ५ लाख ६४ हजारको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या १ करोड ३० लाख ४२ हजार माथि छ ।

अमेरिका पछि ब्राजिलमा ७२ हजार १ सय बढीको मृत्यु भएको छ ।

ब्रजिलमा संक्रमितको संख्या १८ लाख ६६ हजार नाघेको छ । भारतमा २३ हजार १ सय बढीको मृत्यु हुँदा ८ लाख ७९ हजार बढी संक्रमित छन् ।

भारतको पुणेमा पनि एकै दिन ८ सय बढी संक्रमित पुष्टी भएको छ ।

भारतको महाराष्ट्र पछि पुणेमा संक्रमितको संख्या बढ्दै गएको छ । पुणेमा कोरोना संक्रमितको संख्या २७ हजार ५ सय बढी पुगेको छ ।

भारत पछि रसियामा पनि मृतकको संख्या बढ्दै गएको छ ।

त्यहाँ लाख २७ हजार बढी संक्रमित हुँदा ११ हजार ३ सय बढीको मृत्यु भइसकेको छ ।

मेक्सिकोमा सोमबार मात्रै २ सय ७६ जनाको ज्यान गएको छ भने पाकिस्तानमा ६९ जनाको मृत्यु भएको छ ।

विश्वभर कोरानो संक्रमित मध्ये ७५ लाख ८८ हजार बढी निको भइसकेका छन् । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्