६ जेष्ठ २०८२, मंगलबार | Tue May 20 2025


गीतादेवी र प्रभावनको गीत ‘सपनी’ मन रुवाउने, अभिनय मार्मिक(भिडियो)


0
Shares

काठमाडौं । संचारकर्मी तथा रंगकर्मी राजाराम गौतम म्यूजिक भिडियोको अभिनयमा देखिएका छन् ।

लोक दोहोरी गायिका गीतादेवीको स्वरमा रहेको नयाँ लोक दोहोरी गीत ‘सपनी’मा उनको अभिनय मार्मिक अभिनय हेर्न पाइन्छ ।

गीतको शब्द, संगीत, स्वर, तथा भिडियो निर्देशन प्रभावन जे को रहेको छ भने नविन भट्टले सहायक निर्देशन र सम्पादन गरेका छन ।

प्रज्ञा साउण्ड एचडीमा रेर्कड गरिएको गीतको ध्वनी सम्पादन शम्भु तण्डुकारले गरेका हुन् । म्युजिक भिडियोमा राजाराम गौतमसँगै, सानु पाण्डे, भुवन प्रकाश बडु र दिव्यम पौड्यालको अभिनय रहेको छ ।

दृश्य छायाँकनमा ड्रोन रोनिश तामाङले चलाएका छन् भने क्यामरा सागर गौतमको रहेको छ ।

म्युजिक भिडियोको उत्पादन व्यवस्थापक विवेक चौलागाइ, सहायक दृश्य सम्पादन अरबिट पोखे्रल, मेकअप शर्मिला राईले गरेका छन् ।

काभ्रेपलाञ्चोक जिल्लाको पर्यटकिय नगरी धुलिखेल, बनेपा र रोशि गाउँपालिकामा म्युजिक भिडियोको छायाँकन गरिएको निर्माण पक्षले जनाएको छ ।

केहि समय अघि मात्र सत्य घटनामा आधारित जालमा फसायौ भाग १ लेराएको डिएआर मुभिजले जालमा फसायौ भाग २ को काम सम्पादनको चरणमा रहेको र सो गीत अघि अरु केही गीतहरु पनि लेराउने जानकारी डिएआर मुभिजले गराएको छ ।

‘सपनी’ गीतको म्युजिक भिडियो डिएआर मुभिजको अफिसियल युटुव च्यानलबाट आम श्रोता तथा दर्शक माझ लेराईएको छ

मोडलिङमा देखिएका संचारकर्मी गौतम पर्यटन, कला मनोरन्जनलगायतका विधामा कलम चलाइरहेका छन् ।

उनी ईमेज च्यानल, रेडियो मध्यपूर्वलगायतमा आबद्ध छन् । उनी लेखन कुन्ज र घोस्ट राइटिङमा पनि आबद्ध छन् ।