Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


महिला नेपाल बास्केटबल लिग शनिबारदेखि


0
Shares

काठमाडौं, जेठ १७ । क्विक्स महिला नेपाल बास्केटबल लिग प्रतियोगिता शनिबारदेखि राजधानीमा हुने भएको छ ।

प्ले फर डिप्राइभ्ड चिल्ड्रेन नेपालको आयोजनामा स्तन क्यान्सरपीडितको सहयोगार्थ हुने प्रतियोगितामा नेपाल पुलिस क्लब, समृद्धि गोरिल्लाज्, साइपाल एकेडेमी र आइएसओ काइट गरी चार टिमले सहभागिता जनाउनेछन् ।

नेपालमा पहिलोपटक हुन लागेको यो प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले युरोप टुरका लागि टर्किस एअरलाइन्सको हवाई टिकट पाउनेछिन् ।

लिगका शीर्ष दुई टिमले उपाधिका लागि फाइनल खेल्नेछन् ।