Logo १६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026


बाढीपहिरोबाट मृत्यु भएका परिवारलाई एक लाख राहत


0
Shares

हेटौँडा, असार २८ । वाग्मती प्रदेशले वाग्मती प्रदेशअन्तर्गत पहाडी जिल्लामा पहिरोका कारण मृत्यु भएका २५ परिवारलाई रु. एक लाख राहतस्वरुप तुरुन्तै उपलब्ध गराइने निर्णय गरेको छ ।

प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले बाढीपहिरोबाट घाइते भएका व्यक्तिलाई तत्काल उद्धार गरिने, जोखिममा रहेका परिवारलाई अन्यत्र बसोबासका लागि सम्बन्धित जिल्लाका विपद् व्यवस्थापन समन्वय समितिलाई सक्रिय तुल्याइने तथा प्रदेश सरकारका तर्फबाट आवश्यक स्रोतसाधन उपलब्ध गराइने पनि निर्णय गरेका मन्त्रिपरिषद्का प्रवक्ता कैलाशप्रसाद ढुङ्गेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार आगामी साउन २ गते बस्ने प्रदेशसभाको बैठकमा प्रदेशमा आर्थिक कार्यविधि ऐनको प्रथम संशोधन २०७७ को मस्यौदा र वातावरण संरक्षण गर्न बनेको अध्यादेश २०७७ पेश गरिने छ । रासस