
काठमाडौं, जेठ १७ । नेवारी कला, संस्कृति र गीत–संगीतको संरक्षण गर्ने उद्देश्यले लहना मिडियाले नेवाः आइडल गर्ने भएको छ ।
लहना मिडियाले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी नेवाः आइडलबारे जानकारी दिएको हो ।
नेवाः आइडलका लागि सातओटै प्रदेशमा छनोट कार्यक्रम सन्चालन गरिनेछ । सातओटै प्रदेशबाट छनोट भएका प्रतियोगीलाई केन्द्रमा बोलाइनेछ ।
नेवाः आइडलका संयोजक मनोज नेवाः खड्गीले नेवार समुदायका प्रतिभालाई स्थापित गर्न नेवाः आइडलको भूमिका महत्वपूर्ण हुने बताए ।
नेवाः आइडलका लागि झापा, जनकपुर, पोखरा, चितवन, बुटवल, सुर्खेत र धनगढीमा छनोट प्रतियोगिता हुनेछ ।
नेवाः आइडल इमेज च्यानलबाट प्रसारण गरिनेछ ।
प्रतिक्रिया दिनुहोस्