Logo २७ असार २०८३, शनिबार | Sat Jul 11 2026


मोदीलाई रुद्राक्षको माला उपहार दिए ओलीले


0
Shares

काठमाडौं, जेठ १७ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई रुद्राक्षको माला उपहार दिएका छन्।

बिहीबार पद तथा गोपनियताको शपथ लिएका मोदीसँग शुक्रबार हैदरावाद हाउसमा भेटवार्ता गर्दै ओलीले उपहार दिएका हुन् ।

हिन्दु धर्म शास्त्रअनुसार रुद्राक्ष माला भगवान शिवको प्रिय मानिन्छ ।

प्रधानमन्त्री ओली बिहीबार मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन दिल्ली गएका हुन् । उनी आज स्वदेश फर्कने कार्यक्रम छ ।