रौतहटको लालबकैया नदीमा आएको बाढीले गौर नगरपालिकाभित्रको भन्सार क्षेत्र जलमग्न - Image Khabar
Everest Bank

रौतहटको लालबकैया नदीमा आएको बाढीले गौर नगरपालिकाभित्रको भन्सार क्षेत्र जलमग्न

रौतहट । लगातारको वर्षाका कारण रौतहटको लालबकैया नदीमा आएको बाढीले गौर नगरपालिकाभित्रको भन्सार क्षेत्र जलमग्न भएको छ ।

गौर नगरपालिका–२ स्थित महादेबपट्टी बाट लालबकैया नदीको पानी प्रवेश गरेसँगै भन्सार क्षेत्रमा पानीको सतह बढदै गएको हो ।

भन्सार क्षेत्रको ससस्त्र प्रहरीको बेश क्याम्प र प्रहरी चौकी स्थानान्तरण गरिएको छ भने सर्वसाधारणलाई सुरक्षित रहन अपिल गरिएको छ ।

रातभर परेको वर्षाले डुबानको जोखिम बढेको हो । यस्तै ईशनाथ नगरपालिका–१ को बन्जरहाको बस्ती र राजपुर नगरपालिका–८ बलुवा टोल पनि डुबानमा परेको छ ।

प्रतिक्रिया दिनुहोस्