बाढीले बगाउँदा तीनको मृत्यु, एक बेपता • Image Khabar Image Khabar


बाढीले बगाउँदा तीनको मृत्यु, एक बेपता


Imagekhabar
२८ असार २०७७, आईतवार ०७:४८

बाढीले बगाउँदा तीनको मृत्यु, एक बेपता

उदयपुर/झापा/सुनसरी । निरन्तर वर्षासँगै आएको बाढीले बगाउँदा उदयपुरमा एक जनाको मृत्यु भएको छ ।

त्रियुगा नगरपालिका–९ गैरुन बस्ने बर्ष ६० का मानन चौधरीलाई त्रियुगा नदी तर्ने क्रममा बगाएको उदयपुर प्रहरीले जनाएको छ ।

उनी देउरीबाट आफ्नो घर गैरुन फर्कदै थिए । उनको शव १ किलोमिटर तल फेला परेको बताइएको छ ।

यसैगरि विरिङ खोलामा आएको बाढीले बगाउँदा झापामा एक जनाको मृत्यु भएको छ भने मेची नदीले बगाउँदा एक जना बेपत्ता भएका छन् ।

झापा गाउँपालिका– ५ का ३५ वर्षीय राजेश गणेशलाई विरिङ खोलाले बगाएर मृत्यु भएको हो ।

उता मेची नदीले बगाएर भद्रपुर– ३ नाउँगाउँका ३३ वर्षीय हिरण राई बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।

यस्तै सुनसरीको धरान उपमहानगरपालिकामा पर्ने सर्दुखोला तर्ने क्रममा धरान १३ बस्ने अन्दाजी ६० वर्षका रामबहादुर बस्नेतको बगेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

बिहान बस्नेतको शव धरान ११ मंगलवारे नजिकैको खोलामा फेला परेको डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्