Logo २ चैत्र २०८२, सोमबार | Mon Mar 16 2026


शान्ति सुरक्षामा विशेष ध्यानदिन नवनियुक्त आईजीलाई गृहमन्त्री थापाको निर्देशन


0
Shares

काठमाडौं, असार २५ । गृहमन्त्री रामबहादुर थापाले नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई बधाई तथा शुभकामना दिँदै शान्ति सुरक्षामा विशेष ध्यान दिन निर्देशन दिनुभएको छ ।

बिहीबार गृह मन्त्रालयमा गृहमन्त्री थापाले भन्नुभयो, ‘तपाईंको कार्यकालमा शान्ति, सुरक्षा, अमनचयन कायम गर्न उत्कृष्ट हुने विश्वास लिएको छु । मेरो पूर्ण साथ र समर्थन रहन्छ ।’

विगतको काम राम्रो भएकैले जिम्मेवारी दिएको बताउँदै थापाले समायोजन छिटो टुंगोमा पुग्ने गरी काम गर्न निर्देशन पनि दिनुभयो ।

गृहमन्त्री थापाले भन्नुभयो, ‘राज्यले विकासलाई प्राथमिकतामा राखेको छ, त्यसका लागि शान्ति सुरक्षा अनिवार्य शर्त हो, त्यसमा विशेष ध्यान दिनुहोस ।’

गृहसचिव महेश्वर न्यौपानेले कार्यकालको शुभकामना दिँदै सामूहिक भावनाका साथ काम गर्न निर्देशन दिनुभयो ।

आईजीपी थापाले राज्यले दिएको जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । नवनियुक्त प्रहरी महानिरीक्षक थापाले बिहीबार नै कार्यभार सम्हाल्नुभयो ।

मंगलबार नेपाल प्रहरीको २८ औं प्रहरी महानिरीक्षकमा नियुक्त हुनु भएका थापालाई बिहीबार गृह मन्त्रालयमा गृहसचिव महेश्वर न्यौपानेले दर्ज्यानी चिह्न प्रदान गर्नुभएको थियो ।