पछिल्लो २४ घण्टामा थपिए मात्रै १०८ जना कोरोना संक्रमित • Image Khabar Image Khabar


पछिल्लो २४ घण्टामा थपिए मात्रै १०८ जना कोरोना संक्रमित


Imagekhabar
२५ असार २०७७, बिहीबार १६:४२

पछिल्लो २४ घण्टामा थपिए मात्रै १०८ जना कोरोना संक्रमित

काठमाडौं, असार २५ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १६ हजार ५ सय ३१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १०८ जनामात्र नयाँ संक्रमित थपिएसंगै जम्मा संक्रमित १६ हजार ५ सय ३१ पुगेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले बताउनुभयो ।

केही सातामा थपिएको संक्रमणमा यो सबैभन्दा कम संख्या हो ।

पछिल्लो २४ घण्टामा १ सय ३९ जना कोरोना जितेर डिस्चार्ज भएका छन् ।

हालसम्म कोरोनाबाट निको हुनेको संख्या ७ हजार ८ सय ९१ पुगेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ४ हजार ५ सय ८८ जनाको मात्र पीसीआर परीक्षण भएको छ ।

हाल २४ हजार ४ सय २५ जना क्वारेन्टिनमा बसेका छन् ।

त्यस्तै ८ हजार ६ सय ५ जना आइसोलेसनमा रहेका छन् ।

पाँच जिल्ला धनकुटा, भोजपुर, सोलुखुम्बु, मुस्ताङ्ग र हुम्ला कोरोनामुक्त भएका छन् ।

अहिलेसम्म कोरोनाबाट ३५ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्