Logo ३० भाद्र २०८२, सोमबार | Tue Sep 16 2025


सुनको मूल्य बढ्यो


0
Shares

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य केही बढेको छ । हिजोको तुलनामा आज सुन तोलामा सात सय रुपैयाँले महँगिएको छ भने चाँदीको मूल्य पनि १० रुपैयाँले बढेको छ ।

आज छापावाला सुन तोलाको ९० हजार ९ सय रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो तोलाको ९० हजार २ सयमा कारोबार भएको सुन आइतबार भने तोलाको ९० हजार ५ सयमा कारोबार भएको थियो ।

यस्तै तेजाबी सुनको मूल्य पनि तोलामा सात सय रुपैयाँले बढेर ९० हजार ४ सय ६० पुगेको महासंघले जनाएको छ । यसैगरी चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेर तोलाको ९५० कायम भएको महासंघले जनाएको छ ।