काठमाडौं, जेठ १५ । गणतन्त्र दिवसका अवसरमा बुधबार सहिद मञ्च टुँडिखेलमा एक भव्य समारोह आयोजना गरिएको छ ।
कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, संवैधानिक निकायका पदाधिकारीहरु, मन्त्रीहरु, कूटनीतिक नियोगका प्रमुख तथा सुरक्षा निकायका उच्च अधिकारीलगायत उपस्थित थिए ।
सो अवसरमा नेपाली सेना, नेपाल प्रहरी, काठमाडौं महानगरपालिकालगायतका निकायले विभिन्न कला–कौशल, झाँकी प्रस्तुत् गरेका थिए ।
नेपाली सेनाको एक टोलीले आतिसबाजीसमेत गरेको थियो ।
२०६५ सालमा संविधानसभाको पहिलो बैठकबाट स्थापित गणतन्त्र बुधबारदेखि ११ वर्ष पूरा भएर १२औं वर्षमा प्रवेश गरेको हो ।























प्रतिक्रिया दिनुहोस्