Logo १६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026


अनशनरत युवा र सरकारबीच १२ बुँदे सहमति, युवाले तोडे अनशन


0
Shares

काठमाडौं । विभिन्न माग राखेर अनशनमा बसेका युवाहरुले अनशन तोडेका छन् । सरकारसँग १२ बुँदे समझदारी भएसँगै युवा अभियन्ताले अनशन तोडेका हुन् ।

कोरोना रोकथाममा सरकार असफल भएको र भ्रष्टाचार मौलाएको भन्दै ई. पुकार बम १२ दिनयता अनशनमा बसेका थिए। गत बिहीवार स्वास्थ्यमन्त्री भानुभक्त ढकालसँग युवाहरुले आफ्नो माग राखेका थिए ।

पाटन दरबार क्षेत्रमा अनशन सुरु गरेको युवाको स्वास्थ्यमा खराबी आएपछि बिहीवार ह्याम्स अस्पताल भर्ना भएका थिए। बिहीवार र शुक्रवार सरकार र अनशनरत पक्षबीच वार्ता भए पनि कुनै निष्कर्षमा पुगेको थिएन। मन्त्रालयमा भएको वार्तामा १२ बुदें सहमति भएको हो ।

सम्झौताअनुसारको काम नभए पुन: त्यही ठाउँमा अनशन बस्न बाध्य हुने चेतावनी युवाले दिएका छन् ।

उनीहरुले विदेशबाट आएका सबैको पीसीआर गर्नुपर्ने, कोरोना नियन्त्रणमा सरकारले गरेको खर्च पारदर्शी हुनुपर्ने, आरडीटी प्रविधिमार्फत परीक्षण बन्द गर्नुपर्ने, सर्वोच्च अदालतले गरेको फैसला कार्यान्वयन हुनुपर्ने, स्वास्थ्यकर्मीको सुरक्षाको ग्यारेण्टी हुनुपर्नेलगायत माग राखेका थिए ।