कारागारमा कैदीको मृत्यु • Image Khabar Image Khabar


कारागारमा कैदीको मृत्यु


Imagekhabar
२२ असार २०७७, सोमबार १७:०१

कारागारमा कैदीको मृत्यु

तुलसीपुर, असार २२ । तुलसीपुर कारागारका एक कैदीको सोमबार मृत्यु भएको छ ।

ठगी मुद्दामा कैद भुक्तान गरिरहेका कपिलवस्तुको मायादेवी गाउँपालिका वडा नं ४ निवासी ६९ वर्षीय अमिरुल्ला मुसलमानको उपचारका क्रममा मृत्यु भएको तुलसीपुर कारागारका नायब सुब्बा जोखिम वलीले बताउनुभयो ।

मुसलमान पटकपटक बिरामी पर्ने गरेका थिए ।

उहाँले भन्नुभयोे ‘उहाँमा दिसापसाब आएको पनि थाहा नपाउने, मानसिक रुपमा पनि समस्या थियो ।’

कपिलवस्तु जिल्ला अदालतले वि.सं २०७५ असोज १५ गते मुसलमानलाई तीन वर्ष कैद सुनाएको थियो ।

कपिलवस्तु कारागार रहेका मुसलमानको गत वर्ष पुस ९ गते तुलसीपुर कारागारमा सरुवा गरिएको थियो ।

उनको शव आफन्तले बुझिसकेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्