Logo २७ असार २०८३, शनिबार | Sat Jul 11 2026


बाबुराम भन्छन्– गणतन्त्र दिवसलाई जनताको पर्वका रुपमा मनाउन ध्यान दिने कि ?


0
Shares

काठमाडौं, जेठ १५ । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले गणतन्त्र दिवसलाई आज जनताको पर्वको रुपमा मनाउन ध्यान दिनुपर्ने आवश्यकता औंल्याएका छन् ।

बुधबार टुँडिखेलमा आयोजित गणतन्त्र दिवस समारोहमा सहभागी भएका भट्टराईले समारोहलाई अलि बढी जनसहभागितामुलक बनाउनुपर्नेमा जोड दिएका हुन् ।

उनले ट्वीट गर्दै भनेका छन्, ‘काठमाडौं टुँडिखेलमा विभिन्न परेड, झाँकी, सांस्कृतिक प्रस्तुतिसहित गणतन्त्र दिवस समारोह अवलोकन गरियो, निकै रोचक रह्यो । तर यसलाई अलि बढी जनसहभागितामूलक बनाउनुपर्ने हो कि ? आखिर गणतन्त्र जनताको ठूलो संघर्ष र बलिदानबाट प्राप्त भएको हो, अतः आम जनताको पर्वको रुपमा मनाउन ध्यान दिने कि ?’