१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


ब्राजिलमा संक्रमितको संख्या १६ लाख नाघ्यो, मृत्यु हुने ६४ हजार


0
Shares

एजेन्सी । ब्राजिलमा कोरोना भाइरसका संक्रमितहरुको संख्या १६ लाख नाघेको बताइएको छ । गएको २४ घन्टायता मात्र २६ हजार भन्दा बढी संक्रमित थपिएका छन् । त्यस्तै २४ घन्टायताका घटनाको अध्ययन गर्दा ६०२ जनाको ज्यान गएको बताइएको छ ।

ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको समाचारअनुसार यहाँ मृत्यु हुने व्यक्तिको संख्या ६४ हजार ८६७ जना पुगेको छ । गएको शनिबारमात्र ब्राजिलले ३८ हजार जना नयाँ संक्रमित थपिएको जनाएको थियो ।

त्यसैगरी सोही दिन कोरोना भाइरसबाट एक हजारभन्दा बढीको ज्यान गएको बताइएको थियो । गएको हप्ता दिन यता ब्राजिलमा कोरोना भााइरसबाट हरेक दिन एक हजारभन्दा बढीको ज्यान गएको देखिएको छ भने ठूलो संख्यामा संक्रमितहरु पनि थपिँदै गएका छन् ।

ब्राजिल कोरोना भाइरसबाट नागरिकको ज्यान जानेमा विश्वको सबैभन्दा दोस्रो ठूलो देश बनेको छ । यहाँ संक्रमण बढ्दो रुपमा देखिएको स्वास्थ्य अधिकारीहरुले बताएका छन् । अमेरिकामा अहिलेसम्म यस संक्रमणबाट १ लाख २९ हजार ८०० जनाको ज्यान गएको छ ।

विश्वका सबैभन्दा बढी कोरोना भाइरस संक्रमित रहेको अमेरिकामा अहिलेसम्म २८ लाखभन्दा पनि बढी नागरिक संक्रमित हुन पुगेका बताइएको छ ।