३ श्रावण २०८२, शनिबार | Sun Jul 20 2025


कारागारका कार्यालय सहयोगीलाई कोरोना


0
Shares

काठमाडौं । सिन्धुपाल्चोकमा थप एक जनामा कोरोना संक्रमण देखिएको छ । जिल्ला कारागारमा कार्यरत कार्यालय सहयोगी ५७ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो । उनमा कोरोना पोजेटिभ देखिएको जिल्ला प्रहरी कार्यालयले पुष्टि गरेको छ ।

योसँगै सिन्धुपाल्चोकमा ४९ जना कोरोना संक्रमित भएका छन् । जसमध्ये २० जना निको भएर घर फर्केका छन् भने एक जनाको मृत्यु भइसकेको छ ।