३ श्रावण २०८२, शनिबार | Sun Jul 20 2025


ताप्लेजुङमा साउदी र कुबेतबाट आएका दुईमा कोरोना संक्रमण


0
Shares

ताप्लेजुङ । ताप्लेजुङमा आज थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वैदेशिक रोजगारीबाट फर्किएका एक महिला र अर्का पुरुषमा संक्रमण पुष्टि भएको हो । संक्रमित महिला फुङलिङ नगरपालिका वडा नम्बर ७ कि हुन् ।

उनी केहि समय अघि कुबेतबाट फर्किएकी थिईन् । यस्तै, अर्का संक्रमित पुरुष पाथीभरा याङ्वरक गाउँपालिका हुन् । उनी साउदीबाट केहि दिन अघि फर्किएका थिए । दुबै जनाको पिसिआर रिपोर्ट पोजेटिभ आएको जिल्ला अस्पताल ताप्लेजुङले जनाएको छ ।

उनीहरुलाई जिल्ला अस्पतालको आईसोलेशनमा राखिएको छ । जिल्लामा संक्रमितको संख्या ३ पुगेको छ ।