
काठमाडौं, असार २९ । यो वर्ष बाढी–पहिरोका कारण देशभरमा ७० जनाको मृत्यु भइसकेको गृह मन्त्रालयले जनाएको छ ।
शुक्रबार हामीसँग कुरा गर्दै गृहप्रवक्ता रामकृष्ण सुवेदीले बाढी–पहिरोबाट ४४ जिल्ला प्रभावित भएको जानकारी दिए ।
उनले प्राकृतिक विपद् व्यवस्थापनका लागि तीनै तहमा समितिहरु क्रियाशील रहेको र समितिहरुमार्फत् पूर्वतयारी र विपद् व्यवस्थापनको काम हुने बताए ।
केन्द्र सरकारको मातहतमा उद्धारका लागि हेलिकोप्टर पनि तयारी अवस्थामा राखिएको पनि गृह प्रवक्ता सुवेदीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्