२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


प्रहरीद्वारा मोटरसाइकल हस्तान्तरण


0
Shares

काठमाडौं, असार २१ । महानगरीय प्रहरी परिसर काठमाडौंले उपत्यकाका विभिन्न समयमा हराएका मोटरसाइकल खोजी गरेर सम्बन्धित व्यक्तिलाई जिम्मा लगाएको छ ।

प्रहरीले विभिन्न स्थानबाट चोरी भएर फेला परेका २० वटा मोटरसाइकल तथा स्कुटरहरु सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरेको छ ।

मोटरसाइकल तथा स्कुटर चोरी भएको उजुरी परेको आधारमा विभिन्न समयमा चेकजाँचको क्रममा र केही स्थानमा बेवारिसे अवस्थामा रहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

लकडाउनको अवस्थामा पनि विभिन्न ठाउँमा चेकजाँच हुँदा कागजपत्र प्राप्त नभई छोडेर गएका मोटरसाइकलहरु चोरी भएको पाइएको प्रहरीको दावी छ ।

चोरी भएका ती मोटरसाइकलहरु मोडिफाई गरिएको, नम्बर प्लेट परिवर्तन गरिएको अवस्थामा फेला परेको प्रहरीको भनाइ छ ।