पहिलो पटक रोकियो गोर्खा भर्ती • Image Khabar Image Khabar


पहिलो पटक रोकियो गोर्खा भर्ती


Imagekhabar
२१ असार २०७७, आईतवार ०७:०१

पहिलो पटक रोकियो गोर्खा भर्ती

धरान । विश्वभरि फैलिएको कोरोना भाइरसका कारण बेलायत सरकारले पहिलो पटक गोर्खा भर्ती रोकेको छ ।

बेलायतले प्रदेश नम्बर १ को धरान र गण्डकी प्रदेशको पोखराबाट गोर्खा भर्ती लिंदै आएको थियो ।

बेलायत सरकारले प्रदेश नम्बर १ को धरान उपमहानगरपालिका र गण्डकी प्रदेशको पोखरा महानगरापालिकाबाट गोर्खा भर्ती लिने गरेको थियो ।

बेलायत सेनाका बिग्रेड अफ गोर्खाका प्रमुख कर्नेल रिचर्ड गुडम्यानले शनिबार विज्ञप्ति प्रकाशित गरी कोरोनाकै कारण बर्सेनि गरिंदै आएको गोर्खा भर्ती स्थगित गर्नुपरेको जनाएका छन् ।

बेलायती सेनाले गोर्खा भर्तीका लागि २१ मेदेखि १० जुनलाई पोखरा र २३ मे देखि १० जुनसम्म नयाँ नाम दर्ताका लागि मिति तोकेको थियो । -अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया दिनुहोस्