२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


सोमालियामा श्रृखलावद्ध बम विष्फोट, ६ जनाको मृत्यु, ७ घाइते


0
Shares

काठमाडौं । सोमालियामा श्रृंखलाबद्ध बम बिस्फोट हुँदा ६ जनाको मृत्यु भएको छ । मारिनेमा दुई जना प्रहरी अधिकृत पनि रहेका छन् ।

सोमालियाको बैदवा र मोगादिशुमा छुट्टाछुट्टै भएको बिस्फोटमा ७ जना घाइते भएका छन् । बैदवामा टेक्स संकलन गरिरहेकाहरुमाथि लक्षित गरी बिस्फोट गराईएको हो भने मोगादिशुमा बिस्फोटक पदार्थ सहित प्रवेश गरेको कारमा आत्मघाती बिस्फोट भएको हो ।

कार चालकले मोगादिशुमा रहेको प्रहरी चौकीमा प्रवेश गर्ने क्रममा प्रहरीले रोक्न खोज्दा बिस्फोट गराएको थियो । बिस्फोट कारण कयौं घरहरुमा क्षति पुगेको छ भने थुप्रै सवारीसाधन ध्वस्त भएका छन् । एजेन्सी