
काठमाडौं, जेठ १४ । खानेपानीमन्त्री बीना मगरले महिनावारीको समयमा गरिने विभेद घरघरको समस्या रहेको बताएकी छन् ।
छैटौं अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता दिवसका अवसरमा मंगलबार राजधानीमा आयोजित कार्यक्रममा उनले छाउपडी प्रथामात्र समस्या नभएको र घरघरमा महिलालाई महिनावारीको समयमा गरिने विभेद अझै कायम रहेको बताइन् ।
नेपालमा १३ देखि ४९ वर्ष उमेर समूहका एक करोड ४० लाख महिला महिनावारी हुने गरेको तथ्यांक छ ।
जसमा १३ प्रतिशत महिलालेमात्र ‘सेनेटरी प्याड’ प्रयोग गर्ने गरेको र १७ प्रतिशत किशोरीलाई पहिलोपटक हुने महिनावारीकोबारेमा जानकारी नै नभएको कार्यक्रममा जानकारी दिइयो ।
प्रतिक्रिया दिनुहोस्