१७ बैशाख २०८२, बुधबार | Thu May 1 2025


गण्डकी प्रदेशमा कोरोनबाट मृत्यु हुनेको संख्या ३ पुग्यो,संक्रमितको संख्या १ हजार ७९


0
Shares

पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ७९ पुगेको छ ।

प्रदेश क्षयरोग केन्द्र, पोखरा, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा र भरतपुर अस्पताल, चितवनमा गरिएको परीक्षणमा गण्डकी प्रदेशमा शनिबार १६ जना संक्रमित थपिएका छन् ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार बागलुङको बरेङ र ढोरपाटनका १/१ पुरुष, म्याग्दीको म‌ंगलाका १ र रघुगंगाका २ जनामा कोरोना पुष्टि भएको छ ।

स्याङ्जाको पुतलीबजारका १ पुरुष, तनहुँको भीमादका १ पुरुष, कास्कीको पोखराका २ पुरुषमा पनि कोरोना पुष्टि भएको छ ।

नवलपुरको देवचुली ५ पुरुष र २ महिला गरी शनिबार बिहान ६ जिल्लामा थप १६ जनामा संक्रमण पुष्टि भएको हो ।

पुष्टि भएका सबैलाई सम्बन्धित जिल्लाहरुमा रहेका आइसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ ्र

यसअघि पालुंगटार नगरपालिका – ७, बर्ष ४४ का १ जना कोरोना संक्रमित पुरुषको बिहान ५ः०५ बजे गोरखा अस्पतालमा मृत्यु भएको छ । यससँगै गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ ।