
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सामाजिक दुरी कायम नगरी कार्यक्रम आयोजना गरिएको भन्दै कार्यकर्तामाथि आक्रोश व्यक्त गर्नुभएको छ ।
गिरिजाप्रसाद कोइरालाको ९६ औं जन्म जयन्तीको अवसरमा नेपाल विद्यार्थी संघ केन्द्रीय समितिले आयोजना गरेको रक्तदान कार्यक्रममा भौतिक दूरी कायम नगरेको भन्दै उहाँले कडा आपति जनाउनुभएको हो ।
गाउँ, विद्यालय तहमा समेत नेविसंघ नभएको भन्दै उहाँले एकआपसबीचको कलहकै कारण बदनाम हुनुपरेको जिकिर गर्नुभयो । नेविसंघलाई बलियो बनाउनका लागि विद्यालय तहमा पु¥याउनुपर्ने उहाँको भनाइ थियो ।
कार्यक्रममा केन्द्रीय समितिलाई पूर्णता दिन सभापति देउवालाई विद्यार्थीहरुले आग्रह गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्