३१ श्रावण २०८२, शनिबार | Sun Aug 17 2025


बम विस्फोटका मृतकको सनाखत


0
Shares

काठमाडौं, जेठ १३ । आइतबार अपराह्न सुकेधारामा भएको बम विस्फोटमा मृत्यु हुनेहरुको सनाखत भएको छ ।

मृत्यु हुनेहरुमा दाङका गोकुल राना, कालिकोटका दीपेन्द्र भनिने विभुराम विक र कालिकोटकै निरन्तर मल्ल ठकुरी रहेको प्रहरीले जनाएको छ ।

उनीहरु सबै नेत्रविक्रम चन्द नेतृत्वको समूहका कार्यकर्ता भएको पनि प्रहरीले जनाएको छ ।

यसअघि, घट्टेकुलोमा आइतबार भएको विस्फोटमा मृत्यु हुने बझाङ निवासी प्रज्ज्वल शाही भएको खुलेको थियो ।

यस्तै, नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले पनि विस्फोटमा मृत्यु हुनेहरु आफ्ना कार्यकर्ता भएको स्वीकार गरेको छ ।

चन्दले सोमबार विज्ञप्ति जारी गर्दै विस्फोटमा परी ‘महान्’, ‘दीपेन्द्र’, ‘प्रज्ज्वल’ र ‘निरन्तर’ मारिएको जनाएका हुन् ।

घट्टेकुलोमा भएको विस्फोटमा घाइते भएका काभ्रेका रविन केसी र सुकेधारामा घाइते भएका महोत्तरीका जीवकुमार ठाकुरको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

यस्तै, सुकेधारामा घाइते भएका कपनका हरि खड्का र ललितपुर, चुनिखेलका सुनील महर्जनको ओम अस्पतालमा उपचार भइरहेको छ । महर्जन नेवाः मुक्ति मोर्चाका अध्यक्ष रहेको पनि प्रहरीले जनाएको छ ।