१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


विमान अवतरणका क्रममा चरा ठोक्किएपछि नेपाल एयरलाइन्सको वाइडबडी जहाज ग्राउण्डेड


0
Shares

काठमाडौं । कुवेतबाट काठमाडौं आएर अवतरण गर्ने क्रममा चरा ठोक्किएपछि नेपाल एयरलाइन्सको वाइडबडी जहाज ग्राउन्डेड भएको छ । जहाजमा हिजो बिहान ८ः३० बजे अवतरणका क्रममा चरा ठोक्किएको थियो ।

त्यस क्रममा जहाजको पछिल्लो इन्जिनमा सामान्य क्षति पुगेको विमानस्थल कार्यालयले जनाएको छ । यसको मर्मत गरी पुनः उडानयोग्य बनाउन अझै ४–५ दिन लाग्ने नेपाल एयरलाइन्सले जनाएको छ ।

उक्त जहाज ग्राउन्डेड भए पनि अहिले निर्धारित उडान भने प्रभावित नहुने एयरलाइन्सले जनाएको छ । नेपाल एयरलाइन्ससँग अन्तर्राष्ट्रिय उडानमा ४ वटा जहाज छन् ।

*भुलबस यसअघि असान्दर्भिक तस्वीर परेकाले तस्वीर परिवर्तन गरिएको छ-सम्पादक ।