२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


गुल्मीमा पहिरोमा पुरिएर १८ महिनाकी शिशुको मृत्यु, तीन जना बेपत्ता


0
Shares

गुल्मी । गुल्मीमा पहिरोमा पुरिएर १८ महिनाकी शिशुको मृत्यु भएको छ । गएरातिदेखि परेको अविरल वर्षाका कारण इस्मा गाउँपालिका हस्तिचौरकी १८ महिनाकी शिशु बसन्ता सारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक केदारराज पन्तले जानकारी दिनुभयो ।

पहिरोमा पुरिएर तीन जना बेपत्ता भएका छन् । इस्मा गाउँपालिकामा र मुसिकोट नगरपालिकाका विभिन्न स्थानहरुमा पहिरो गएको छ । त्यस्तै मुसीकोट नगरपालिका वार्ड नंम्बर २ का बिभिन्न स्थानमा पहिरोले क्षति पु¥याएको छ । पात्लाकोट, खस्कोट, देउराली, दुर्लुङमा एक दर्जन भन्दा बढी घर गोठ र पशु चौपायालाई बगाएको छ ।

सोहि वार्डमा हरिप्रसाद घिमिरेको पसल बगाउँदा १ जना बेपत्ता भएका छन् । पहिरोको कारण सडकहरु अवरुद्ध हुँदा उद्धारमा समस्या भएको प्रहरीले जनाएको छ ।