
काठमाडौं, जेठ १३ । गत शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नक्कली भारतीय रुपैयाँसहित पक्राउ परेका युनुस अन्सारीसहित ६ जनालाई म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ ।
नक्कली ७ करोड ४६ लाख ९४ हजार भारतीय रुपैयाँसहित अन्सारीसहित ६ जनालाई पक्राउ गरिएको थियो ।
यस्तै, थाइल्यान्डबाट पक्राउ गरी काठमाडौं ल्याइएका परशुराम गुरुङलाई पनि ७ दिनको म्याद थप गरिएको छ ।
यसैगरी, ऐश्वर्य बालगृहका सन्चालक निर्मला घिमिरेलाई पनि ५ दिनको म्याद थप गरिएको छ ।
घिमिरेलाई बालबालिका कसुर र ठगीको आरोपमा मुद्दा चलाइने प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्