
काठमाडौं । कोरोना संक्रमणबाट बच्न मास्क लगाउन आनाकानी गर्दै आउनुभएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बोली फेरिएको छ । अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या लगातार बढ्दै गएपछि ट्रम्पले मास्कको पक्षमा बोल्न थाल्नुभएको हो ।
अनिवार्य मास्क लगाउनु पर्ने आफ्नै प्रशासनको आधिकारिक निर्देशन अवज्ञा गर्दै आउनुभएका ट्रम्पले अहिले आएर मानिसहरुको अति भिड भएको स्थानमा आफूले मास्क लगाउने बताउन थाल्नुभएको हो ।
एक शीर्ष रिपब्लिकन नेताले उदाहरणका रुपमा मास्क लगाउन ट्रम्पलाई सुझाव दिएको भोलिपल्ट फक्स न्यूजसँग कुराकानी गर्दै ट्रम्पले मानिसको अति भिड भएको स्थानमा मास्क लगाउने बताउनुभएको हो ।
अमेरिकामा अहिलेसम्म २६ लाख भन्दा धेरै मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यसमध्ये एक लाख २७ हजार भन्दा धेरैको ज्यान गएको छ । एजेन्सी
प्रतिक्रिया दिनुहोस्