श्रीमतीले गरिन् श्रीमानको हत्या • Image Khabar Image Khabar


श्रीमतीले गरिन् श्रीमानको हत्या


Imagekhabar
१७ असार २०७७, बुधबार १६:१६

श्रीमतीले गरिन् श्रीमानको हत्या

रुकुमपूर्व, असार १७ । रुकुम (पूर्व) मा श्रीमतीले आफ्ना श्रीमान्को हत्या गरेकी छन् ।

श्रीमतीले चिर्पटले हान्दा श्रीमान्को ज्यान गएको हो ।

सिस्ने गाउँपालिका वडा नम्बर २ प्वाङको सुद्रीमा २३ वर्षीय विछोड विकलाई २० वर्षीया पत्नी रेश्माले दाउराले हान्दा ज्यान गएको हो ।

पारिवारिक विवादका कारण गए राति ११ बजेतिर श्रीमतीले श्रीमान्लाई दाउराले टाउकामा हान्दा ज्यान गएको वडा नम्बर २ का वडाध्यक्ष जीवन केसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार आज बिहान मात्र घटनाबारे जानकारी पाइएको र प्रहरीलाई खबर गरिएको छ ।

मृतक बिछोडको नाक, मुख र टाउकाबाट रगत बगेको जनाइएको छ ।

धेरै रगत बगेकै कारण मृत्यु भएको हुन सक्ने अध्यक्ष केसीले बताउनुभयो ।

घटनाका बारेमा जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगिसकेको र रेश्मालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक दिनेश गुरुङले जानकारी दिनुभयो ।

शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइँदै छ । रासस

प्रतिक्रिया दिनुहोस्