‘एमसीसी’ खारेजीको माग गर्दै प्रदर्शन • Image Khabar Image Khabar


‘एमसीसी’ खारेजीको माग गर्दै प्रदर्शन


Imagekhabar
१७ असार २०७७, बुधबार १६:०९

‘एमसीसी’ खारेजीको माग गर्दै प्रदर्शन

काठमाडौं, असार १७ । ‘एमसीसी’, भ्रष्टाचार, र बेथितिको विरोधमा बुधबार पनि विभिन्न समूहले प्रदर्शन गरेका छन् ।

काठमाडौंको माइतीघरमा संयुक्त राष्ट्रिय नागरिक आन्दोलन तयारी समिति–२०७७ को आयोजनामा विभिन्न समूहले संयुक्त नागरिक खबरदारी सभाको आयोजना गरी विरोध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा एमसीसी, भ्रष्टाचार, बेथिति, बैंकको ब्याज र किस्ता, ‘पीसीआर’ परीक्षणमा बेथिति बढेको भन्दै प्रदर्शनकारीहरु विभिन्न नारा लेखिएका पम्पप्लेटसहित सडकमा उत्रिएका थिए ।

उनीहरुले एमसीसी खारेज गर्न, बैंकको ब्याज घटाउन, पीसीआर परीक्षण बढाउन, भ्रष्टाचारीलाई कारबाही गर्न माग गर्दै नाराबाजीसमेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्