१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


नयाँ कानुनको विरोधमा हङकङमा प्रदर्शन


0
Shares

काठमाडौं, असार १७ । बेइजिङले लगाएको नयाँ कानुनको विरोधमा हङकङमा भएको प्रदर्शनमा प्रहरीले कयौंलाई नियन्त्रणमा लिएको छ ।

नयाँ कानुनको विरोधमा उत्रिएका अधिकारकर्मीसहित प्रदर्शनकारीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको बीबीसीले जनाएको छ । यसअघि भीड तितरबितर पार्न प्रहरीले बल प्रयोग गरेको थियो ।

हालै जारी गरिएको कानुनले विद्यमान समस्या समाधान गर्ने हङकङकी प्रमुख कार्यकारी क्यारी लामले नयाँ कानुनको बचाउ गर्नुभएको छ ।

बढ्दो अशान्ति र प्रजतन्त्रका पक्षधरमा निरन्तर भइरहेको आन्दोलनका माझ बेइजिङले उक्त कानुन ल्याएको हो ।

नयाँ कानुनले प्रदर्शनलाई अंकुश लगाउने र हङकङको स्वतन्त्रतालाई कमजोर बनाउने आलोचकहरुको भनाइ छ ।

बेलायतले सन् १९९७ मा हङकङ चीनलाई फिर्ता गरेको थियो ।

चीनलाई हङकङ हस्तान्तरण गर्दा भएको एउटा विशेष सम्झौताअनुसार त्यहाँका नागरिकलाई मुख्य भूमि चीन मा उपलब्ध नभएका अभिव्यक्ति स्वतन्त्रताजस्ता अधिकारहरु कम्तिमा ५० वर्षका लागि सुनिश्चित गरिएको थियो ।

यता अमेरिकाले भने चीनले ५० वर्षका लागि स्वतन्त्रता दिने बाचा गरेपनि २३ वर्षमै चीनले हङकङमाथि हस्तक्षेप गरेको आरोप लगाएको छ ।

यसअघि सन् २०१९ पनि नयाँ कानुन जारी गर्ने तयारी भएपछि त्यसको विरोधमा लामो समय आन्दोलन भएको थियो । (एजेन्सी)