इरानमा क्लिनिकमा बम बिष्फोट, १९ जनाको मृत्यु - Image Khabar
Everest Bank

इरानमा क्लिनिकमा बम बिष्फोट, १९ जनाको मृत्यु

काठमाडौं । इरानको राजधानी तेहरानमा भएको शक्तिशाली बम बिस्फोट हुँदा १९ जनाको मृत्यु भएको छ । तेहरानको एक क्लिनिकमा भएको घटनामा केही घाइते भएका छन् ।

ग्यास लिक भएर भएको बिस्फोटको समयमा अधिकांश बिरामीहरु शल्यक्रिया गरिरहेको बुझिएको छ । बिस्फोटका क्रममा बिरामी र कुरुवाबीच भागदौड मच्चिएको थियो । दुइतले सो क्लिनिकमा दोश्रो तल्लामा बिस्फोट भएको हो ।

घाइतेहरुको अवस्था गम्भीर रहेका कारण मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । मारिनेमा अधिकांश महिला रहेका छन् । बिस्फोटका कारण क्लिनिक ध्वस्त भएको छ ।

प्रतिक्रिया दिनुहोस्