
डम्मर बुढा मगर,
बागलुङ । नेपाली काँग्रेसकी सांसद ज्ञानकुमारी छन्त्यालको निधन भएको छ । ६३ वर्षको उमेरमा सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचारका क्रममा आज सांसद छन्त्यालको निधन भएको नेपाली कांग्रेस बागलुङ क्षेत्र नम्बर २ का सभापति दोर्ण कुवँरले जानकारी दिनुभयो ।
छन्त्याल कांग्रेसबाट २०७३ सालको चुनावमा समानुपातिक कोटामा प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । उनी २०३६ सालमा सक्रिय राजनीतिमा प्रवेश गरेकी थिइन् । महिला अधिकारका क्षेत्रमा लामो समय काम गरेकी छन्त्याल मुटुको बिरामी थिइन् ।
प्रतिक्रिया दिनुहोस्