
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य बढाएको छ । देशका लकडाउन केही खुकुलो भएसँगै पेट्रोलमा प्रतिलिटर ५ रुपैंया तथा डिजेल तथा मट्टितेलको मूल्य २–२ रुपैयाँले वृद्धि गरिएको हो ।
बढेको मूल्य गएराति १२ बजेदेखि नैं लागु भईसकेको छ । नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १०१ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ८७ रुपैयाँ कायम भएको छ ।
आयल निगमल पठाएको नयाँ खरिद मूल्यसूची अनुसार लागत बढेर आएपछि निगमले इन्धनको मूल्य बढाउनुपरेको नेपाल आयल निगमको तर्क छ ।
प्रतिक्रिया दिनुहोस्