ब्रसेल्स, असार २९ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनलाई आफ्नो ‘प्रतिस्पर्धी’ हुन्, ‘सत्रु’ होइनन् भनेका छन् ।
एउटा शिखर सम्मेलनकाक्रममा एक दिनअगाडि पुटिनलाई भेटेका ट्रम्पले बिहीबार यस्तो बताएका हुन् ।
कसैले उनलाई सोध्यो ‘के पुटिन तपाइँको सत्रु हुन् ?’ उनले भने–‘होइन, पुटिन मेरो सत्रु होइनन् ।’
‘त्यसो भए के पुटिन तपाइँको साथी हुन् त ?’ यसमा पनि उनले भने–‘होइन । मैले उहाँलाई राम्रोसँग चिन्दिनँ । तर पनि दुईपटक भेट्न भने पाएको छु ।’
‘पुटिन मेरो प्रतिस्पर्धी भने अवश्य हो । उहाँले रुसको प्रतिनिधित्व गर्नुहुन्छ, मैले अमेरिकाको प्रतिनिधित्व गर्दछु’–ट्रम्पले भने–‘आशा गरौं, उहाँ मेरो साथी बन्नुहुनेछ । अहिले भने चिनेको छैन ।’
बेल्जियमको ब्रसेल्समा भएको नाटो शिखर सम्मेलनकाक्रममा भएको पत्रकार सम्मेलनमा ट्रम्पले पत्रकारहरूले सोधेको प्रश्नमा पुटिनकाबारेमा यस्तो जवाफ दिएका हुन् । रासस/एएफपी
प्रतिक्रिया दिनुहोस्