३१ श्रावण २०८२, शनिबार | Sun Aug 17 2025


अपडेट : सुकेधारा र घट्टेकुलोमा विस्फोट, तीन जनाको मृत्यु (भिडियो)


0
Shares

काठमाडौं, जेठ १२ । काठमाडौंको सुकेधारा र घट्टेकुलोमा आज अपरान्ह बम बनाउँदै गरेको स्थामा विस्फोट हुँदा ३ जनाको मृत्यु भएको छ ।

सुकेधाराको ढलाने पुल नजिकै सैलुनमा विष्फोट हु्ँदा एक जनाको घटनास्थलमै र अर्का एक जनाको उपचारका क्रममा ओम अस्पतालमा मृत्यु भएको हो ।

सो विस्फोटमा परी ५ जना घाइते भएका छन् । उनीहरुमध्ये ४ जनाको ओम अस्पताल र एक जनाको शिक्षण अस्पताल महाराजगञ्जको आईसीयुमा उपचार भईरहेको छ ।

ओम अस्पतालमा उपचार गराउनेमध्ये बूढानीलकण्ठका हरि खड्का र सुरेन्द्र महर्जनको परिचय खुलेको छ भने अन्य घाइते र मृतकको पहिचान भईसकेको छैन ।

यता, घट्टेकुलोमा एउटा निजी घरको कोठामा विष्फोट हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको हो । मृतकको शव क्षत विक्षत अवस्थामा रहेको छ भने पहिचान खुल्न सकेको छैन ।

विष्फोटमा परी घाइते भएका दुई जनामध्ये एक जना विप्लव समूहको विद्यार्थी संगठनको त्रिचन्द्र कलेका अध्यक्ष रविन केसी रहेको जनाइएको छ । घाइते दुवै जनाको वीर अस्पतालमा उपचार भईरहेको छ ।

घट्टेकुलोमा विस्फोट भएको स्थानमा अरु पनि बम रहेको आशंकामा नेपाली सेनाको बम डिस्पोजल टोलीले अनुसन्धान गरिरहेको छ । यी दुवै घटना बम बनाउँदै गर्दा विस्फोट भएको प्रहरीले अनुमान गरेको छ ।

तस्वीर : रासस

सुकेधारामा विस्फोटपछिको दृष्य भिडियोमा हेर्नुहोस्