
दैलेख, असार १६ । दैलेखको भैरवी गाउँपालिकाले कोरोना निको भएका पाँच जनालाई ससम्मान बिदाइ गरेको छ ।
२१ दिनसम्म क्वारेन्टिनमा बसेकालाई मंगलबार पिसिआर दोश्रो रिपोर्ट आएपछि ५ जनालाई गाउँपालिकाले बिदाइ गरेको हो ।
भारतबाट फर्किएका ८ सय २१ जनामध्ये १५ जनालाई कोरोना पोजेटिभ देखिएको थियो । गाउँपालिकाले र्यापिट टेष्ट र पिसिआर टेष्टबाट नेगेटिभ आएकालाई यसअधि घर पठाइसकेको थियो ।
केही दिनअघि क्वारेन्टिनमा वस्नेहरुले रिपोर्ट ढिलो आएको भन्दै प्रम्ुख प्रशासकीय अधिकृत हिरासिंह थापालाई कार्यालयमा आएर कुटपिट गरेका थिए ।
मंगलबार प्रमुख प्रशासकीय अधिकृत थापाले कोरोना जितेका पाँच जनालाई सम्मानसहित विदाइ गर्नुभएको छ ।
उनीहरुलाई मास्क, सेनीटाइजर,लगायतका सामग्री वितरण गरेर विदाई गरिएको छ ।
अब भैरवी गाउँपालिकामा दुई जना मात्र कोरोना संक्रमित रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्