
काठमाडौं, जेठ १२ । महानगरीय प्रहरी परिसर टेकुले हत्या, ठगी र चोरीमा संलग्नहरुलाई राजधानीका विभिन्न स्थानबाट पक्राउ गरी सार्वजनिक गरेको छ ।
परिसरले आज पत्रकार सम्मेलन गरी जेठ १० गते टोखाको चण्डेश्वरीमा प्रवीण नेपालीको हत्यामा संलग्न सुरेन्द्र भण्डारी, समिर भण्डारी, र सुरेश घर्तीलाई सार्वजनिक गरेको हो ।
सोही क्रममा आफूलाई प्रहरी भन्दै ठगी गर्ने हरिलाल खनाल र कपिल रिजाललाई पनि प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ परेका हरिलाल खनाल भगौडा प्रहरी रहेको खुलासा भएको छ ।
त्यसैगरी नक्कली सुन बेच्ने सुदिप सिलवाल, शेरबहादुर डुम्जन र मुस्कान भन्ने सानु तामाङलाई पनि सार्वजनिक गरिएको छ ।
नगद तथा जिन्सी चोरी गर्ने सुजन श्रेष्ठ, युनिक तामाङ, रमेश कुमार र ५ जना भारतीयलाई पनि सार्वजनिक गरिएको छ । पक्राउ परेका सबैलाई म्याद थप गरी अनुसन्धान जारी राखेको परिसर प्रमुख उत्तम सुवेदीले जानकारी दिए । उनले सार्वजनिक स्थलमा असुरक्षित महसुस नहोस् भनेर प्रहरीको निगरानी बढाइएको पनि जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्