२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


महाधिवेशनको कार्यतालिमा हेरफेर गर्नेबारे छलफल गर्न कांग्रेस बैठक बस्दै


0
Shares

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज(मंगलबार) दिउँसो बस्दैछ । पार्टी कार्यालय सानेपामा बस्ने बैठकले पार्टीको १४ औं महाधिवेशनको कार्यतालिमा हेरफेर गर्नेबारे छलफल गर्ने बताइएको छ ।

गत आइतबार बसेको पदाधिकारी बैठकले पार्टीको केन्द्रीय महाधिवेशनको मिति यथावत राखेर तल्लो तहका अधिवेशनको मिति परिमार्जन गर्ने निर्णय गरेको थियो ।

यही निर्णयलाई औपचाकिरता दिन आज केन्द्रिय समिति बोलाइएको हो । गत माघ १३ गते बसेको केन्द्रीय कार्यसमिति बैठकले १४ औं महाधिवेशन आगामी फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको थियो ।

पार्टीको क्रियाशिल सदस्यता वितरण र नविकरणको काम सुरु हुन नसक्दा कार्यतालिकामा हेरफेर हुने भएको हो ।