१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


काठमाडौंमा ट्याक्सी चालकहरुको प्रदर्शन, तीनसय बढी प्रहरी नियन्त्रणमा


0
Shares

काठमाडौं । लकडाउनका कारण आफूहरु मारमा परेको भन्दै ट्याक्सी चालकहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

बैंकको किस्ता तिर्न नसकेको, भोकभोकै बस्नु पर्ने अवस्था आएको भन्दै चालकहरु प्रदर्शनमा उत्रिएका हुन ।

प्रदर्शनका क्रममा काठमाडौंका विभिन्न स्थानबाट तीनसय बढी ट्याक्सी नियन्त्रणमा लिइएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उनीहरुलाई केशरमहल, सिंहदरबार, जावलाखेल, कोटेश्वर, गौशाला, महाराजगञ्ज, गोंगबु लगायतका क्षेत्रबाट नियन्त्रणमा लिएको हो ।

प्रदर्शन भन्दा पनि लकडाउन उलंघन गदै ट्याक्सीहरु सडकमा गुडाएको भन्दै नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । साँझसम्म ति ट्याक्सी छाडिने बताइएको छ । ट्याक्सी व्यवसायीहरुले भने आफूहरुलाई प्रहरीले दमन गरेको बताएका छन् ।

लकडाउनका कारण लामो समयदेखि ट्याक्सी चलाउन नपाएपछि व्यवसायीहरु मंगलबारबाट आन्दोलनमा उत्रिएका हुन ।