
सुनसरी, जेठ १२ । सुनसरीको धरान उपमहानगरपालिका–५ स्थित साउनेमा लुटेरा समूहले गोली प्रहार गरी एक जनाको साथबाट ४ लाख लुटेका छन् ।
आज दिउँसो हतियारधारी समूहले जीवन विकास लघु वित्त संस्थाका कर्मचारी शम्भु गच्छदारलाई गोली प्रहार गरी ४ लाख १० हजार नगद लुटेर लगेका हुन् ।
बायाँ कम्मरमा गोली लागेर घाईते भएका गच्छदारको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । लुटेराहरुको खोजी भइरहेको धरानका प्रहरी प्रमुख एसएसपी शरद खत्रीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्